काठमाडौं । इजरायलले खाद्यान्न वितरण स्थल नजिक आक्रमण गर्दा खाना पर्खिरहेका २० जना प्यालेस्टिनीको ज्यान गएको छ ।
खाद्यान्न र आर्थिक सहायताका लागि लाइनमा बसेकामाथि इजरायली सेनाले गोली चलाउँदा उनीहरूको ज्यान गएको गाजा प्रहरीलाई उद्धृत गर्दै कतारी सञ्चारमाध्यम अलजजिराले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घले ‘खानाको हतियारीकरण’ भएको भन्दै घटनाको निन्दा गरको छ । प्यालेस्टिनीहरू हरेक रात खाद्यान्न सङ्कलन गर्ने आशामा सहायता आउने बाटो र चोकमा भेला हुने गर्छन् ।
हमासको स्वास्थ्य मन्त्रालयले मे महिनाको अन्त्यदेखि अहिलेसम्ममा आपूर्ति खोज्ने सहायता केन्द्रहरू नजिकै पाँच सय जनाभन्दा बढी मानिस मारिएको बताएको छ ।
प्रतिक्रिया