एजेन्सी । हालैको इजरायल–इरान द्वन्द्वका क्रममा इरानी पक्षले देखाएको वीरताको प्रशंसा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका छन्। १२ दिनसम्म चलेको द्वन्द्वपछिको एक सार्वजनिक कार्यक्रमको दौरान, ट्रम्पले इरानले साहसपूर्वक युद्ध लडेको बताएका हुन्।
बैठकमा जब उनलाई सोधियो अमेरिकाले इरानमाथिको प्रतिबन्ध हटाउने योजना बनाइरहेको छ कि छैन ?, उनले भने उनीहरूले युद्धको सामना गरे र साहस देखाए।
ट्रम्पले इरानलाई तेल बेच्न दिने कुरा पनि उठाए, यदि उनीहरूले तेल बेच्न चाहन्छन् भने बेच्न सक्छन्। उनीहरूलाई देशको पुनर्निर्माणका लागि पैसाको आवश्यकता छ। साथै, उनले चीनले इरानबाट तेल किन्न सक्ने सम्भावनाको पनि उल्लेख गरे।
उनका अनुसार, अमेरिका र इरानबीच अर्को हप्ता वार्ता हुन सक्नेछ। “हामी सम्झौता गर्न सक्छौँ”, ट्रम्पले भने।
प्रतिक्रिया