काठमाडौं । इरानबाट थप तीन जना नेपाली भारतको दिल्ली आइपुगेका छन् । २ सय ७२ जना भारतीयसँगै तीन जना नेपाली नागरिक पनि दिल्ली आइपुगेका भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले जानकारीफ दिए ।
प्रवक्ता जायसवालका अनुसार अहिलेसम्म इरानबाट ३ हजार ४ सय २६ जना भारतीयलाई उद्धार गरिसकिएको छ । इरान र इजरायलबीच युद्ध भएपछि त्यहाँ रहेका भारतीयसँगै नेपालीको पनि उद्धार गरिएको हो ।
प्रतिक्रिया