काठमाडौँ । सिन्धुपाल्चोक जिल्लामा १२ वर्षीया निशा तामाङको सामूहिक बलात्कारपछि हत्या भएको छ। भोटेकोशी गाउँपालिका–५ का बासिन्दा निशालाई १० असारमा घरबाट लगेर पाँच जनाले बलात्कार गरी हत्या गरेको प्रहरीले पुष्टि गरेको छ।
जिल्ला प्रहरीका अनुसार, नांगो अवस्थामा बालिकाको शव भेटिएपछि अनुसन्धान थालिएको थियो। घटनास्थल नजिकैका आफन्त र नातेदार समेत पक्राउ परेका छन्।
यसबारे शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछ।
प्रतिक्रिया