मोरङमा नाबालिकाको हत्या, शंकास्पद १ जना पक्राउ

मोरङमा नाबालिकाको हत्या, शंकास्पद १ जना पक्राउ


ग्लोब नेपाल
243
Shares

मोरङ । मोरङको धनपालथान गाउँपालिका-६ मा एक नाबालिकाको हत्या भएको छ । शनिबार बिहान धनपालथान गाउँपालिका–६ बबियाका अक्षय सरदारकी ५ वर्षीया छोरी आक्तिया सरदारको शव फेला परेको हो ।

बालिकाको हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । उक्त घटनामा शंकास्पद एक जनालाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । बालिकाको शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगर ल्याइएको छ ।

प्रहरीका अनुसार बालिकाको अनुहार घाँटीलगायत शरीरका विभिन्न भागमा चोट समेत लागेको छ ।