ट्रम्पलाई इरानको चेतावनी : सम्झाैता चाहेको भए खामेनेईविरुद्ध बोल्न छोड्नू

ट्रम्पलाई इरानको चेतावनी : सम्झाैता चाहेको भए खामेनेईविरुद्ध बोल्न छोड्नू



काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सर्वोच्च नेता आयातुल्लाह अली खामेनेईविरुद्ध अपमानजनक भाषा प्रयोग बन्द गर्न चेतावनी दिएका छन् ।

अराघचीले सामाजिक सञ्जालमा ट्रम्पको रबैया खामेनेईविरुद्ध मात्र नभई उनका लाखौँ समर्थकको समेत अपमान भएको बताएका छन् । उनले अमेरिकाले इरानसँग कुनै सम्झौता गर्न चाहेको भए आफ्नो भाषा सुधार्नुपर्ने बताएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले २७ जुनमा इजरायलविरुद्धको युद्धमा इरानले जित हासिल गरेको खामेनेईको दाबी खारेज गरेका थिए । बरु उनले खामेनेईलाई एक भयानक र अपमानजनक मृत्युबाट बचाएको दाबी गरेका थिए ।

उनले खामेनेई आफ्नो बंकरमा बसेका बेला आफूले इजरायल र अमेरिकी सेनाबाट उनको हत्या हुनबाट रोकेको बताएका थिए । इजरायली रक्षामन्त्री इजराइल काट्जले पनि इजरायलले इरानका सर्वोच्च नेताको हत्या गर्न चाहेको तर सम्भव नभएको बताएका थिए । यद्यपि उनले खामेनेई आफूहरूको पहुँचमा नभएको स्वीकार गरेका थिए ।