अमर्यादित कमेन्ट गर्नेहरुविरुद्ध गायिका एलिनाले दिइन् साइबर ब्युरोमा उजुरी

अमर्यादित कमेन्ट गर्नेहरुविरुद्ध गायिका एलिनाले दिइन् साइबर ब्युरोमा उजुरी



काठमाडौं । गायिका एलिना चौहानले प्रहरीको साइबर ब्युरोका उजुरी दिएकी छन् । आफ्नो फेसबुक पेजमा असभ्य र आपत्तिजनक कमेन्ट गर्नेहरुविरुद्ध उनले सोमबार निवेदन दिएकी हुन् ।

उनले आफ्नो फेसबुक पेजमा अमर्यादित कमेन्ट गर्नेहरुलाई कानुनी कारबाहीका लागि माग गर्दै निवेदन दिएको ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए ।

एलिनाले सोमबार दिएको निवेदनमा अमर्यादित कमेन्ट गर्ने चारजनाको नाम उल्लेख गरेकी छन् । उनीहरूबारे ब्युरोले अनुसन्धान थालेको छ ।

पछिल्लो समय गायिकाद्वय एलिना र समीक्षा अधिकारीमाथि सामाजिक सञ्जालमा अमर्यादित कमेन्ट गर्नेविरुद्ध आफैँले उनीहरूको फोटो र कमेन्ट समेत सार्वजनिक गर्ने अभियान चलाइरहेका छन् ।