थाइल्यान्डकी प्रधानमन्त्री सिनावात्रा निलम्बित

थाइल्यान्डकी प्रधानमन्त्री सिनावात्रा निलम्बित



काठमाडौं । थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री पेटोङतार्न सिनावात्रालाई निलम्बन गरेको छ ।

संवैधानिक अदालतले ७–२ को मतबाट उनलाई निलम्बन गर्ने निर्णय गरेको छ । उनलाई आफ्नो बचाउ पेस गर्न १५ दिनको समय दिइएको जनाइएको छ ।

प्रधानमन्त्री सिनावात्राले पूर्वकम्बोडियाली नेता हुन सेनसँग गरेको टेलिफोन कुराकानी चुहावट भएको थियो । त्यसपछि राजीनामा गर्न उनीमाथि दबाब थियो ।

‘लिक’ भएको उक्त क्लिपमा उनले हुन सेनलाई काका भनेर सम्बोधन गरेकी थिइन् । र, एक थाई सैन्य कमान्डरको आलोचना गरेकी थिइन् ।

त्यसपछि थाइल्यान्डमा आक्रोश देखिएको थियो । उनलाई बर्खास्त गर्न उजुरी दायर गरिएको थियो ।