बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय



ढाका । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको मानहानी सम्बन्धी मुद्दामा ६ महिनाको जेल सजाय सुनाइएको छ । न्यायाधीश मोहम्मद गोलाम मोर्तुजा मजुमदारको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले बुधबार यो फैसला गरेको हो ।

यो मुद्दा शेख हसिनाले गत वर्ष अक्टोबरमा गाइबान्धाको गोबिन्दगञ्जका स्थानीय नेता शाकिल अकन्द बुलबुलसँग गरेको कथित फोन कुराकानीको लीक भएको अडियोमा आधारित छ ।

सोही मुद्दामा शाकिल अकन्द बुलबुललाई पनि दुई महिनाको जेल सजाय सुनाइएको छ । उनी बंगलादेशको अवामी लिगको विद्यार्थी संगठन, छत्र लिगका नेता हुन् ।

१९९६ देखि २००१ र सन् २००९ देखि २०२४ सम्म बंगलादेशको प्रधानमन्त्री रहेकी शेख हसिना सन् २०२४ को अगस्टमा विद्यार्थी नेतृत्वको आन्दोलन र हिंसात्मक प्रदर्शनपछि देश छोडेर भारतमा निर्वासित भएकी थिइन् ।