काठमाडौं । जापानले आउँदो जनवरीदेखि समुद्रको फेदबाट दुर्लभ खनिजहरू निकाल्न प्रयास गर्ने भएको छ । पानीको पाँच हजार पाँच सय मिटर गहिराइबाट तलछट निकाल्ने परीक्षण संसारमा पहिलो रहेको जापानको दाबी छ ।
यो प्रयासले दुर्लभ प्रकृतीका खनिजहरुको आपूर्ति स्थिर हुने विस्वास रहेको जापानको सरकारी नवप्रवर्द्धन कार्यक्रमका निर्देशकलाई उद्धृत गर्दै समाचारसंस्था एएफपीले जनाएको छ ।
नयाँ प्रविधिहरूका लागि महत्त्वपूर्ण स्रोतहरूमा चीनको प्रभुत्वमा चिन्ता बढ्दै गएकाले यही हप्ताको शुरुमा जापानले महत्त्वपूर्ण खनिजहरूको स्थिर आपूर्ति सुनिश्चित गर्न अमेरिका, भारत र अस्ट्रेलियासँग काम गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।
पृथ्वीको क्रस्टबाट निकाल्न कठिन हुने दुर्लभ किसिमका १७ वटा धातुहरू विद्युतीय गाडीदेखि हार्ड ड्राइभ, विन्ड टर्बाइन र मिसाइलसम्म प्रयोग हुन्छन् । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइएइए) का अनुसार चीनले दुर्लभ प्रवृत्तीका खनन उत्पादनको झन्डै दुई तिहाइ र विश्वव्यापी परिष्कृत उत्पादनको ९२ प्रतिशत हिस्सा ओगटेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय जलक्षेत्रमा यस्तो परिक्षणलाई छिटो ट्र्याक गर्न दबाब दिएपछि गहिरो समुद्री खनन एक भूराजनीतिक द्वन्द्वको केन्द्र बनेको छ । वातावरणीय अभियानकर्ताहरूले गहिरो समुद्री खननले समुद्री इकोसिस्टमलाई खतरामा पार्ने र समुद्री सतहमा बाधा पु¥याउने चेतावनी दिएका छन् ।
प्रतिक्रिया