काठमाडौं । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपेली सङ्घ (ईयू) अमेरिकासँग चलिरहेको कर विवाद समाधानका लागि सम्झौताका लागि तयार’ रहेको बताएकी छन् ।
उनले युरोपको हितको रक्षाका लागि कुनै पनि सन्तोषजनक सम्झौता हुन नसक्ने सम्भावनाबीच पनि वार्ताका लागि तयारी गरिरहेको बताएको समाचार संस्था एएफपीले जनाएको छ ।
भोन डेर लेयेनले आरहुसको भ्रमणका क्रममा यस्तो बताएकी हुन् । सम्झौताका लागि जुलाई ९ तारिखसम्मको समयसीमा रहेको भन्दै उहाँले ईयू र अमेरिकाबीचको व्यापार १ दशमलव ५ ट्रिलियन युरो रहेको बताइन् ।
उनले वार्ता असफल भएमा ईयूले प्रतिशोधात्मक कदम चाल्न नहिचकिचाउने पनि चेतावनी दिएकी छन् । तर आफूहरुले वार्ताबाट समाधान चाहेकोमा उनको जोड छ ।
अहिले अमेरिकाले ईयूका कार र अटो पाट्र्समा २५ प्रतिशत र स्टिल र आल्मुनियमका उत्पादनहरूमा ५० प्रतिशत कर लगाएको छ ।
प्रतिक्रिया