अमेरिका र युरोपेली युनियन कर सम्बन्धी विवाद समाधानको नजिक

अमेरिका र युरोपेली युनियन कर सम्बन्धी विवाद समाधानको नजिक



काठमाडौँ । अमेरिकासँग कर वृद्धिको विषयमा यसै हप्ताको अन्त्यसम्ममा सम्झौता हुने सम्भावना रहेको फ्रान्सका अर्थमन्त्री एरिक लोम्बार्डले बताएक छन । दक्षिणी फ्रान्समा आयोजना भएको एउटा आर्थिक मञ्च कार्यक्रममा बोल्दै उनले यसै हप्ताको अन्त्यमा निर्णय हुन सक्ने बताएको एएफपीले जनाएको छ ।

युरोपेली सङ्घ (ईयू) र अमेरिकी वार्ताकारले छिट्टै अन्तिम चरणको वार्ता गर्दैछन् । सम्झौता नभएमा ईयूको आयातमा कर २० प्रतिशत वा त्यो भन्दा धेरै हुनसक्ने निश्चित छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि सम्झौतामा दवाव दिन ५० प्रतिशतसम्म कर लगाउने चेतावनी दिएक थिय ।

ईयूका अधिकारीहरूले आफूहरूको उद्योगमा नकारात्मक असर पर्नसक्ने चिन्ता व्यक्त गरिरहेका छन् । युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले ब्रसेल्सले सैद्धान्तिक सहमति खोजिरहेको र विस्तृत विवरणका लागि थप वार्ता आवश्यक रहेको बताएकि छन ।