५ दिनदेखि अनामनगरबाट हराएका अछामका कुँवर अहिलेसम्म भेटिएनन्

५ दिनदेखि अनामनगरबाट हराएका अछामका कुँवर अहिलेसम्म भेटिएनन्


ग्लोब नेपाल
0
Shares

काठमाडौं । अछाम, साफेवगर नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्ने ५५ वर्षीय जगतबहादुर कुवँर हराएको ५ दिन भइसक्दा समेत पत्ता लाग्न सकेको छैन् ।

यही असार १७ गते बिहान काठमाडौं महानगरपालिका-२९ अनामनगरस्थित डेराबाट ‘मर्निङवाक’का लागि निस्किएका कुँवरबारे अहिलेसम्म पत्ता नलागेको उनका भतिज देवबहादुर कुँवरले जानकारी दिए ।

देवबहादुरले भने, “काका हराउनु भएको ५ दिन भइसक्यो, हामीले जिल्ला प्रहरी परिसरमा पनि खोजतलासका लागि यही असार १८ गते निवदेन दर्ता गराएका छौँ । अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन ।”

कुँवर हराएको विषयमा खोजतलासका लागि प्रहरी परिसरमा उनका भतिजाले निवदेन दर्ता गराउनु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए । उनले भने, “कुँवरको खोजी जारी छ, विभिन्न युनिटमार्फत प्रयास भइरहेका छ ।”