काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सम्पन्न स्पेन भ्रमणका क्रममा इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुलीसँग हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशीको रिहाइबारे छलफल भएको जानकारी दिएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा स्पेन भ्रमणका सम्बन्धमा जानकारी गराउँदै प्रधानमन्त्री ओलीले जोशीको विषयमा इजिप्टसँग सकारात्मक पहल गर्न अनुरोध गरिएको बताए।
‘उहाँ (इजिप्टका प्रधानमन्त्री डा मोस्तफा कमाल माडबुली) सँगको भेटमा द्विपक्षीय हित र चासोका विविध विषयहरूमा छलफल गरेको छु,’ उनले भने, ‘साथै, हमासले बन्दी बनाएका नेपाली नागरिक विपिन जोशीको रिहाइका लागि हालसम्म इजिप्टले गरेको सहयोगका लागि धन्यवाद दिँदै निरन्तर पहलका लागि अनुरोध गरेको छु।’


प्रतिक्रिया