११ नेपाली क्रोएसिया विमानस्थलबाटै फिर्ता

११ नेपाली क्रोएसिया विमानस्थलबाटै फिर्ता


ग्लोब नेपाल
432
Shares

काठमाडौं । युरोपेली मुलुक क्रोएसियाले मानव तस्करमार्फत कामदार भिसामा त्यहाँ पुगेका ११ नेपालीलाई फिर्ता पठाइदिएको छ । भिसामा कैफियत देखिएपछि क्रोएसियाले उनीहरूलाई विमानस्थलबाटै फर्काइदिएको हो । उनीहरु वर्किङ भिसामा गत २१ असारमा क्रोएसिया उडेका थिए ।

तर, त्यहाँको अध्यागमनले भिसा नै शंकास्पद देखिएपछि फिर्ता पठाइदिएको हो । अध्यागमन उच्च श्रोतका अनुसार ती नेपालीलाई ४ दिनसम्म बन्दी बनाएर राखिएको थियो । पाँचौं दिनमा भिसा रद्ध गरी फिर्ता पठाइएको हो । उनीहरू फ्लाई दुबईको विमानबाट हिजो बुधबार काठमाडौं आइपुगेका हुन् ।

त्यसरी फिर्ता आउनेमा अमितकुमार विश्वकर्मा, अतित तामाङ, उपेन्द्रप्रसाद वली, गीता सुनुवार, शंकर सुनुवार, दीपक श्रेष्ठ, वीरेन्द्रप्रकाश राना, दीपक चौधरी, पल्सिन लिम्बु, लक्ष्मण मगर र मनिषा कार्की सुब्बा छन् ।