काठमाडौँ । दक्षिण कोरियाको अदालतले पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध सैन्य कानुन लागू गर्ने प्रयाससहित अधिकारको दुरुपयोग गरेको अभियोगमा पक्राउ पुर्जी जारी गरेको छ।
दक्षिण कोरियाली समाचार संस्था योन्हापका अनुसार बिहीबार बिहान सियोलस्थित अदालतले पुर्जी जारी गरेको हो। अभियोजकको अनुरोधमा बुधवार युन अदालतमा हाजिर भई झन्डै सात घण्टासम्म सुनुवाइमा सहभागी भएका थिए। सुनुवाइपछि उनलाई अदालतको निर्णय आउँदासम्मको लागि हिरासत केन्द्रमा राखिएको थियो।
यून सुक–योलमाथि डिसेम्बर ३ मा आपतकालीन अवस्थाको बहानामा सैन्य कानुन लागू गर्न खोजेको आरोप लागेको हो। यसअघि दक्षिण कोरियाको संवैधानिक अदालतले यस्तै आरोपको कारण उनलाई राष्ट्रपति पदबाट अपदस्थ गरिसकेको छ।


प्रतिक्रिया