ब्राजिली वस्तुमा भारी महसुल लगाउने ट्रम्पको चेतावनी

ब्राजिली वस्तुमा भारी महसुल लगाउने ट्रम्पको चेतावनी



एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमा उत्पादित सामानहरूमा ५० प्रतिशत आयात महसुल लगाउने योजना सार्वजनिक गरेका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत महसुलसम्बन्धी पछिल्लो निर्णय सार्वजनिक गरेका हुन्।

उनले उक्त घोषणामा ब्राजिलमाथि अमेरिका विरुद्धको ‘आर्थिक आक्रमण’को आरोप लगाएका छन्। साथै, ब्राजिलका पूर्वराष्ट्रपति जाइर बोल्सोनारोमाथि लागेको अभियोजनलाई राजनीतिक प्रतिशोध भनेका छन्। बोल्सोनारोमाथि २०२२ को निर्वाचन परिणाम उल्ट्याउन खोजेको अभियोगमा मुद्दा चलिरहेको छ।

ट्रम्पले तामाको आयातमा ५० प्रतिशत कर साउन १६ गते (अगस्ट १) देखि लागु हुने स्पष्ट पारेका छन्। उनले राष्ट्रिय सुरक्षाका कारण यस्तो कदम चालिएको उल्लेख गरेका छन्।

यसअघि ट्रम्पले जापान, दक्षिण कोरिया, श्रीलङ्का लगायतका व्यापारिक साझेदार राष्ट्रहरूलाई पत्र पठाउँदै आगामी अगस्ट १ देखि लागू हुने नयाँ महसुल नीतिको जानकारी दिएका थिए।