गाजामा इजरायली आक्रमण : खाने कुराको लाइनमा बसेका १५ जनाको मृत्यु

गाजामा इजरायली आक्रमण : खाने कुराको लाइनमा बसेका १५ जनाको मृत्यु



गाजा । गाजाको अस्पताल अगाडि पोषणयुक्त खानेकुराका लागि लाइनमा बसिरहेका १५ प्यालेस्टाइनीको इजरायली आक्रमणबाट मृत्यु भएको छ ।

यसरी मारिने मध्य आठ बच्चा तथा दुई महिला समेत छन् । डेयर अल बलाहामा रहेको अल अक्सा सहिद अस्पतालले सार्वजनिक गरेको भिडियोमा बच्चा ढलेको प्रस्ट देख्न सकिन्छ ।

त्यहाँ सहयोग गरिरहेको अमेरिकाको परियोजना ‘प्रोजेक्ट होप’ ले यो आक्रमण अन्तर्राष्ट्रिय कानुनको बर्खिलाप रहेको जनाएको छ ।

इजरायली सेनाले हमासको सैन्य शक्तिमा लक्षित आक्रमण भए पनि सर्वसाधारणको ज्यान गएकोमा दुःख व्यक्त गरेको छ ।

हमास र इजरायल युद्ध विरामका लागि वार्ता गरिरहेको भए पनि बिहीबार ६६ जना प्यालेस्टाइनीको इजरायली आक्रमणमा ज्यान गएको हो ।

अस्पतालको अगाडि कुपोषण, सङ्क्रमण, क्रोनिक रोग तथा अन्य धेरै रोगले प्रभावित लाइन लागेर बसेको समयमा सो आक्रमण भएको हो । सामाजिक सञ्जालमा राखिएको भिडियोमा आक्रमण भए लगत्तै धेरै बाल बालिका उफ्रिएर भुइँमा ढलेको देखिएको छ ।