काठमाडौं । आज ताप्लेजुङ, सोलुखुम्बु, सङ्खुवासभा, दोलखा, रामेछाप, सिन्धुपाञ्चोक, काभ्रे, काठमाण्डौ, ललितपुर, भक्तपुरमा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैगरी इलाम, भापा, पाँचथर, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिन्धुली, मकवानपुर, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, लमजुङ, दाङ, बर्दिया, सल्यान, सुर्खेत, दैलेख, अछाम, बझाङ, जाजरकोट, कालीकोट, बाजुरा, कैलाली, कञ्चनपुर, दार्चुलामा बाढीको मध्यम जोखिम रहेको छ ।
बाढीको जोखिम भएका तथा आसपासका जिल्ला भई बहने खोला तथा नदी तटीय क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।




प्रतिक्रिया