कञ्चनपुरमा छाउगोठ हटाउने अभियान सुरु गर्न प्रशासनको निर्देशन

कञ्चनपुरमा छाउगोठ हटाउने अभियान सुरु गर्न प्रशासनको निर्देशन



कञ्चनपुर। कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्र रहेका सबै स्थानीय तहलाई छाउगोठ भत्काउने विशेष अभियान सञ्चालन गर्न निर्देशन दिएको छ।

कृष्णपुर नगरपालिका–१ निगाली टोलकी २८ वर्षीया कमला दमाईको छाउपडी बस्दा सर्पको टोकाईका कारण मृत्यु भएपछि

प्रशासनले सम्बन्धित पालिकाहरुलाई पत्राचार गरेको हो। कमलाको शनिबार राति सर्पले डसेर मृत्यु भएको पुष्टि भएको छ।

सोमबार प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको हस्ताक्षर रहेको पत्रमा कञ्चनपुरका ७ नगरपालिका र २ गाउँपालिकालाई छाउपडीजस्तो हानिकारक सामाजिक कुप्रथाको अन्त्यका लागि सामूहिक रूपमा अभियान सञ्चालन गर्न आग्रह गरिएको छ।