एक लाख रुपैयाँ घुससहित कल्याणपुरका मेयर साह पक्राउ

एक लाख रुपैयाँ घुससहित कल्याणपुरका मेयर साह पक्राउ



काठमाडौं । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे बर्दिबास कार्यालयबाट खटिएको टोलीले मेयर साहलाई आज दिउँसाे नगरपालिकाको कार्यालय परिसरबाट एक लाख रुपैयाँ घुससहित पक्राउ गरेकाे हाे । उपभोक्ता समितिबाट भुक्तानीको प्रक्रियामा मेयर साहले घुस लिइरहेका बेला अख्तियारले पक्राउ गरेकाे हाे ।

साहमाथि कानूनी कारबाही प्रक्रिया अघि बढाएकाे अख्तियारकाे बर्दिबास कार्यालयले जनाएकाे छ ।