पाेखरा । कास्की जिल्लाको लुम्ले र आसपासका क्षेत्रमा आइतबार बिहान भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले आइतबार बिहन ५ बजे एक सूचना जारी गर्दै पछिल्लो एक घण्टामा ती क्षेत्रमा तीव्र वर्षा मापन गरिएको साथै आगामी घण्टाहरूमा पनि थप वर्षाको सम्भावना रहेको जनाएको हो ।
लगातारको वर्षाका कारण सो क्षेत्र भएर बहने साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने तथा कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम उच्च रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।


प्रतिक्रिया