किभ । युक्रेनले रुससँग शान्ति वार्ता पुनः सुरु गर्न नयाँ प्रस्ताव गरेको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन् । गत महिनादेखि रुस र युक्रेनबिचको वार्ता रोकिएकै समयमा जेलेन्स्कीको यो अभिव्यक्ति आएको हो ।
युक्रेनी वरिष्ठ सुरक्षा अधिकारी रुस्तम उमरोभले अर्काे हप्ता रुसी पक्षलाई भेट्ने प्रस्ताव गरेको राष्ट्रपति जेलेन्स्कीले बताएका छन् । युद्धविरामको लागि हरसम्भव प्रयास गर्नुपर्ने पनि उनले बताए ।
उनले एकपटक फेरिरुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आमनेसामने भेटघाट गर्नुपर्ने कुरा दोहोर्याएका छन् । ‘शान्ति सुनिश्चित गर्न नेतृत्व स्तरमा बैठक आवश्यक छ ।’ जेलेन्स्कीले भने ।
हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई हतियार दिने योजना घोषणा गर्दै ५० दिनमा युद्धविराम भएन भने रुसमाथि भारी ट्यारिफ लगाइने चेतावनी दिएका थिए । सन २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेको र्थियो । त्यसबेलादेखि दुई देशबिच युद्ध जारी छ ।


प्रतिक्रिया