काठमाडौं । धरहरालाई गुगल म्यापले ‘सेतो टावार’ भनेर देखाएको छ । गुगल म्यापमा धरहरा टाइप गर्दा अहिले धरहरालाई ‘सेतो टावार’ भनेर देखाउँछ ।
२०७२ सालको भूकम्पमा धराहरा भत्किएको थियो । त्यसपछि फेरि बनाइएको धरहरालाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ‘सेतो टावर’ भन्न सुरु गरेका थिए । उनले मेयर निर्वाचित हुनु अगाडि नै पुनःनिर्मित धरहरालाई सेतो टावर भन्न सुरु गरेका थिए । शाहकै सिको गर्दै उनका समर्थकले धरहरालाई ‘सेतो टावर’ भन्ने गर्छन् ।
गुगल म्यापमा भएका कुनैपनि ठाउँको नाम गुगल म्याप प्रयोगकर्ताले बदल्न सक्छन् । प्रयोगकर्ताले गुगल म्यापमा गएर ठाउँको नाममाथि क्लिक गरेर नाम सम्पादन गर्न वा फेर्न सक्छन् । यसरी प्रयोगकर्ताले नयाँ नाम राखेपछि गुगलले उक्त नाम सही हो कि होइन भनेर जाँच गर्छ ।
गुगल म्यापमा कुनै प्रयोगकर्ताले अहिले धरहराको नाम फेरेर ‘सेतो टावार’ बनाएको देखिन्छ । नाम फेर्ने व्यक्तिले ‘सेतो टावर’ लेख्न खोज्दा ‘सेतो टावार’ लेखेको देखिन्छ ।


प्रतिक्रिया