सिरियामा हिंसा भड्किँदा ९४० बढीको मृत्यु, स्थिति नियन्त्रणबाहिर

सिरियामा हिंसा भड्किँदा ९४० बढीको मृत्यु, स्थिति नियन्त्रणबाहिर


ग्लोब नेपाल
270
Shares

गत शनिवारदेखि सिरियामा भड्किएको हिंसामा परी अहिलेसम्म ९ सय ४० जनाको मृत्यु भएको पुष्टि भएको छ। सिरियाको ड्रुज बहुल स्वेडा क्षेत्रमा शनिबारदेखि अचानक बढेको साम्प्रदायिक हिंसाको क्रममा करिब १ हजार जनाले ज्यान गुमाएका हुन् ।

सो क्षेत्रमा बिगत २ दिनदेखि मेसिन गन र मोर्टारको गोलाबारीको आवाज तीब्र रूपमा सुनिएको थियो । इस्लामिक नेतृत्वको सरकारले धेरै दिनको हिंसापछि युद्धविराम लागू गर्न असफल भएको जनाइएको छ ।

खासमा सो हिंसा ड्रुज समुदाय र बेदुइन जनजातिहरू बीचको झडपबाट सुरु भएको थियो। अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म कति जना  हताहत भइसकेका छन, त्यो अझै आधिकारिक रूपमा पुष्टि भने भइसकेको छैन। तर, सिरियाली सरकारले मुलुकको दक्षिणी क्षेत्रमा सुरक्षा बल तैनाथ गरेको भए पनि हिंसा भने अझै रोकिएको छैन् ।

तर, शनिबार राति सिरियाको गृहमन्त्रालयले मन्त्रालयले स्वेडा सहरमा झडप रोकिएको र बेदुइन आदिवासी लडाकुहरूलाई हटाएको दाबी गरे पनि त्यो झुटो भएको स्थानीय मिडियाले उल्लेख गरेका छन् ।

बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार गत हप्तादेखि स्वीडा वरपरका जारी झडपमा कम्तीमा अहिलेसम्म ९४० जनाको मृत्यु भएको दावी गरेको छ ।

उसका अनुसार सो क्षेत्रमा सरकारले तनाव कम गर्न सेना पठाएपछि उनीहरूले ड्रुज लडाकुहरूसँग पनि झडप भएको थियो । ड्रुज र बेदुइन शनिबार फेरि आमने-सामनेपछि स्थिति नियन्त्रणभन्दा बाहिर गएको जनाइएको छ ।