अर्घाखाँची । डिभिजन वन कार्यालय अर्घाखाँचीले बाँदर तथा बँदेल नियन्त्रण र निगरानीका लागि २० जना हेरालु छनोट गरी नाम सार्वजनिक गरेको छ।
छनोटमा परेकालाई सोमबार अभिमुखीकरण तथा सम्झौताका लागि बोलाइएको छ। वन कार्यालयका अनुसार, किसानको खेतीमा हुने वन्यजन्तुजन्य क्षति न्यूनीकरण र मानव–वन्यजन्तु सहअस्तित्व प्रवर्द्धन गर्न हेरालु नियुक्त गरिँदैछ।
यस काममा सक्रिय सामुदायिक वन समूहहरू र वन व्यवस्थापन समूहको सहकार्य रहेको जनाइएको छ।
अभिमुखीकरणमा उपस्थित नभएका व्यक्तिसँग सम्झौता नगर्ने निर्णय गरिएको पनि कार्यालयले स्पष्ट पारेको छ।



प्रतिक्रिया