शनीको पेटमा छुरा प्रहार गरी जुलीले बार्दलीबाट धकेलिदिइन् !

शनीको पेटमा छुरा प्रहार गरी जुलीले बार्दलीबाट धकेलिदिइन् !


ग्लोब नेपाल
7.1k
Shares

काठमाडौं । धनुषा प्रहरीले एउटा प्रेम कथाको दुःखद् अन्त्यको अनुसन्धान गरिरहेको छ । प्रेमिका भनिएकी जुली झालाई हत्या अभियोगमा प्रहरीले सोमबार सार्वजनिकसमेत गरेको छ ।

जुलीले प्रेमी भनिने, विमलेश यादव उर्फ शनिको पेटमा छुरा प्रहार गरी गेष्ठ हाउसको पहिलो तलाबाट भुइँमा धकेलिदिएको प्रहरीको भनाइ छ । सीसीटीभीको फुटेजका आधारमा जुलीलाई पक्राउ गरेको प्रहरीले बतायो ।

छुरा प्रहारपछि बार्दिलीबाट धकेलिएका शनि सिमेन्टमा बजारिएका थिए । शनि भुइमा बजारिएको केही समयमै हातमा सेतो सल लिएर दौडिएर भाग्दै गरेको दृश्य देख्न सकिन्छ । जुलीलाई एकजना गाढा नीलो रंगको हेलमेट सर्ट र हाफपेन्ट लगाएको युवाले पर्खिरहेको सीसीटीभीको फुटेजमा देख्न सकिन्छ । विमलेशलाई तुरुन्तै अस्पताल पुर्‍याइयो । आइतबार बिहान पाउने ८ बजे प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा विमलेशको मृत्यु भएको थियो ।

घटना शनिबार रातिको हो । जुली र विमलेश जनकपुरको होटेल एसपी एण्ड गेष्टहाउसमा रमाइलोका लागि पुगेका थिए । राति ९ बजेर ५५ मिनेटमा विमलेश र जुली होटेलको कोठाभित्र प्रवेश गरेका थिए । त्यसको करिब ५ घण्टापछि अर्थात् आइतबार बिहान २ बजेर ५७ मिनेटमा उक्त घटना भएको हो । त्यसबेला विमलेश नग्न र रक्ताम्य अवस्थामा थिए ।

५ घन्टासम्म उनीहरुले के गरे ? ३२ वर्षका विमलेशलाई २१ वर्षकी जुलीले कसरी छुरा प्रहार गरिन । बार्दलीसम्म ल्याएर भूइँमा धकेल्न सफल भइन । ती गाढा निलो रंगको हेलमेट लगाउने युवक को हो ? उसलाई प्रहरीले किन पक्राउ गरेको छैन । पूर्वनिर्धारित योजनाअनुसार नै विमलेशको हत्या भएको हो ? आदि इत्यादि प्रश्नलाई केन्द्रविन्दूमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।