२ केजी सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

२ केजी सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ


ग्लोब नेपाल
189
Shares

काठमाडौं । काठमाडौंको ठमेलबाट २ केजी सुन र २४ लाख नगदसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलस्थित एक होटलबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीय सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन् ।

चुनलिन थान डेढ महिनाअघि काठमाडौंमा आएर ठमेलस्थित होटलमा बसेका थिए । चोउ चाहिँ केही दिनअघि मात्र काठमाडौं आएको बताइएको छ ।