काठमाडौं । पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोक, मकवानपुर र डोटीमा ठूलो पानी परेको छ ।
सबैभन्दा बढी पानी सिन्धुपाल्चोकमा परेको छ । त्यहाँको गोब्रे वर्षा मापन केन्द्रमा ११८ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै मकवानपुरमा ६३.६ मिलिमिटर र डोटीमा ६४.६ मिलिमिटर पानी परेको छ । राति सोलुखुम्बुसहित पूर्वका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।


प्रतिक्रिया