काठमाडौं । दार्चुला र बझाङमा पानी परेको छ । दार्चुलाको चमेलिया नदी जलमापन केन्द्रको जलसतहले सतर्कता तह पार गरेको छ ।
जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भागमा रहनेलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
त्यस्तै बझाङको बौलीगाड खोला जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास रहेको छ । यो खोलामा पानीको सतह बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भागमा सतर्कता अपनाउन भनिएको छ ।
त्यसैगरी गएराति बर्दियाको दौलतपुर वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा पनि ठूलो पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


प्रतिक्रिया