थाइल्यान्ड र कम्बोडियाबीच युद्ध अन्त्य गर्न ट्रम्पको आग्रह

थाइल्यान्ड र कम्बोडियाबीच युद्ध अन्त्य गर्न ट्रम्पको आग्रह



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्बोडिया र थाइल्याण्डबीचको सीमा विवाद अन्त्य गर्न आफ्नो पहलमा वार्ता अगाडि बढिरहेको बताएका छन् ।

स्कटल्याण्ड भ्रमणमा रहेका ट्रम्पले आफ्नै ट्रुथ सोसल प्लेटफर्ममा ‘युद्ध रोक्न सन्देश दिने कार्य’ भइरहेको दाबी गरेकाे अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

ट्रम्पले कम्बोडियाका प्रधानमन्त्रीसँगको कुराकानीपछि थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्रीसँग पनि सम्पर्क भएको उल्लेख गर्दै दुई पक्ष युद्धविराम र शान्तिमा इच्छुक रहेको धारणा राखेका छन् । कम्बोडियाजस्तै थाइल्याण्ड पनि तत्काल युद्धविराम र शान्ति चाहेको ट्रम्पले आफ्नो पोस्टमा लेखेका छन् ।

उनले दुवै नेतासँगको संवादपछि स्थायित्वको आशा व्यक्त गर्दै दुवै पक्षसँग कुरा गरिसकेपछि युद्धविराम, शान्ति र समृद्धि स्वाभाविक देखिने बताए । कम्बोडिया–थाइल्याण्डबीच सीमा क्षेत्रमा द्धन्द्ध चर्केको छ । मुख्य फ्रन्टलाइनबाट झन्डै दुई सय ५० किलोमिटर दक्षिणपश्चिममा पर्ने तटीय क्षेत्रमा झडपका घटना हुँदै आएका छन् ।