४० जिल्लामा बाढीको मध्यम जोखिम

४० जिल्लामा बाढीको मध्यम जोखिम



काठमाडौं । आज सोलुखुम्बु, रामेछाप, ओखलढुङ्गा,सङ्खुवासभा, दोलखा, सिन्धुपाञ्चोक, रसुवा, धादिङ, नुवाकोट, डोल्पा, जाजरकोट, रुकुम पश्चिम, बझाङ, डाटीमा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै इलाम, झापा, खोटाङ, भोजपुर, काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, उदयपुर, गोरखा, लमजुङ, तनहुँ ,कास्की, स्याङ्जा, बाग्लुङ, पर्वत, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुकुम पूर्व, सल्यान, सुर्खेत, दैलेखा, अछाम, कैलालीमा बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ ।

बाढीको जोखिम भएका र आसपास जिल्ला भएर बहने खोला तथा नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो कोशी, बागमती र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका धेरै ठाउँहरुमा तथा तराईका केही ठाउँहरुमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । गएराति पनि देशका धेरै ठाउँमा सामान्यदेखि मध्यम वर्षा भएको थियो ।