काठमाडौं । हनुमानढोकामा अवस्थित पुरानो प्रहरी भवन अब भत्काइने भएको छ।
मंगलबार काठमाडौं महानगरपालिकाको कार्यालयमा भएको भेटवार्तामा मेयर बालेन्द्र शाह र नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दिपक थापाबीच भवन हटाउने विषयमा मौखिक सहमति भएको हो।
महानगरपालिकाका अनुसार, छलफलका क्रममा दुवै पक्षले भवनको अवस्थाबारे विचार गर्दै यसलाई हटाउने निर्णयमा पुगेका हुन्।
२०७२ सालको विनाशकारी भूकम्पपछि हनुमानढोकास्थित प्रहरी भवन जीर्ण बनेको थियो। त्यसपछि त्यहाँ कार्यरत जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालय अन्य स्थानमा सारिएको थियो।


प्रतिक्रिया