ब्राजिलियन किशोरी त्रिभुवन विमानस्थलमा कोकिनसहित पक्राउ

ब्राजिलियन किशोरी त्रिभुवन विमानस्थलमा कोकिनसहित पक्राउ



काठमाडौं। लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोकिनसहित एक २१ वर्षीया ब्राजिलियन किशोरीलाई पक्राउ गरेको छ।

भुटान जान लागेकी इमिली मिकाएले सान्टोस फेरेइरा नामकी ती युवतीको गतिविधि शंकास्पद देखिएपछि तलासी गर्दा उनले लगाएको कालो भित्री वस्त्र (ब्रा) भित्र कण्डममा पोको पारेर राखिएको १ केजी ९५० ग्राम कोकिन बरामद भएको हो।

ब्राजिलबाट दोहा हुँदै नेपाल आएकी उनी कोकिन नेपाल हुँदै भुटान पुर्‍याउने योजनामा रहेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ। बरामद कोकिनको मूल्य अन्तर्राष्ट्रिय बजारमा करोडौं रुपैयाँ पर्ने अनुमान गरिएको छ।

उनविरुद्ध लागूऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरिएको छ र अनुसन्धान जारी रहेको ब्यूरोले जनाएको छ।