प्रधानमन्त्री नेतन्याहुविरुद्ध तेल अभिवमा प्रदर्शन

प्रधानमन्त्री नेतन्याहुविरुद्ध तेल अभिवमा प्रदर्शन



इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको विरोधमा राजधानी तेल अभिवमा बृहत प्रदर्शन भएको छ । सरकारको दुई वर्षदेखि जारी गाजा युद्धलाई अझ तीव्र बनाउने योजनाविरुद्ध सर्वसाधारणले विरोध जनाएका हुन् । प्रदर्शनकारीहरूले युद्ध तत्काल अन्त्य गर्न र गाजामा रहेका बन्दीहरूको छिटो र सुरक्षित रिहाइको माग गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार प्रदर्शनकारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई युद्ध तत्काल रोक्न हस्तक्षेप गर्न आग्रह गरेका छन् । प्रदर्शनमा एक लाखभन्दा बढी मानिस सहभागी भएको बताइएको छ । प्रधानमन्त्री कार्यालयले गाजा कब्जा गर्ने निर्णय गरेपछि सरकारको विरोध चर्किएको हो ।

युद्धग्रस्त प्यालेस्टीनी भूभागमा सैन्य अभियान विस्तार गर्ने संकेतको अन्र्तराष्ट्रिय समुदायले पनि आलोचना गरेका छन् । युरोपेली मित्र राष्ट्रहरूले समेत यसमा असहमति जनाएका छन् । सर्वेक्षणले इजरायलको ठूलो बहुमत जनताले युद्ध तत्काल अन्त्य गरी बाँकी रहेका ५० बन्दीहरूको रिहाइ चाहेको देखाएको छ ।

५० जना मध्ये करिब २० जना अझै जीवित रहेको अनुमान छ । युद्ध शुरु भएदेखि हालसम्म ६१ हजारभन्दा बढी प्यालेस्टीनी मारिएको समाचारमा उल्लेख छ ।