पशुपति आर्यघाटमा शवबाट मासु र हड्डी चोरी

पशुपति आर्यघाटमा शवबाट मासु र हड्डी चोरी



काठमाडौं । काठमाडौंको पशुपति आर्यघाटमा शव दहनका क्रममा शवबाट मासु र हड्डी चोरी हुने अनौठो घटना सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ।

शव दहन गर्ने घाटे गणेश ढकाललाई पक्राउ गरिएको छ। उनलाई मृतक राम शाहीको शवबाट मासु निकालेर अन्य व्यक्तिलाई दिएको आरोप लागेको छ। ढकालले मासु नभएर हड्डी निकालेको दाबी गरे पनि मलामीहरूले मासु बिक्री गरेको आरोप लगाएका छन्।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार अघोरी बाबासँगको मिलेमतोमा यस्तो घटना भएको हुनसक्ने आशंका गरिएको छ। अघोरी बाबाहरू मसान जगाउन शवको हड्डी र मासु प्रयोग गर्ने चलन रहेको बताइएको छ।

यस घटनामा कुन कानुनअनुसार कारबाही हुने भन्ने विषयमा अनुसन्धान जारी छ र कानुन व्यवसायीसँग सल्लाह लिएर निर्णय गरिनेछ। प्रहरीले थप अनुसन्धानका लागि म्याद थप गरेको छ।