महाकालीमा डुबेर दुई बालिका बेपत्ता

महाकालीमा डुबेर दुई बालिका बेपत्ता



कञ्चनपुर । कञ्चनपुरमा नुहाउने क्रममा महाकाली नदीमा डुबेर दुई जना बालिका बेपत्ता भएका छन् ।

भीमदत्त नगरपालिका वडा नम्बर ११ कि ७ वर्षीया सानवी पन्त र ८ वर्षीया जीविका पन्त नदीमा डुबेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

उनीहरू केही साथीहरूसँग दिउँसो साढे १ बजेतिर नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन् । बेपत्ता बालिकाहरूको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा खोजिरहेकाे छ ।