३२ जिल्लामा बाढीको मध्यम जोखिम

३२ जिल्लामा बाढीको मध्यम जोखिम



काठमाडौं । आज ३३ जिल्लाका विभिन्न नदी खोलामा बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बागमती प्रदेशका दोलखा, सिन्धुपाञ्चोक, काभ्रे, काठमाण्डौ, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा, सिन्धुलीमामा बाढीको मध्यम जोखिम छ । त्यस्तै कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, खोटाङ, ओखलढुङगा, उदयपुर, सोलुखुम्बुमा पनि बाढीको खतरा छ ।

गण्डकी प्रदेशका लमजुङ, पर्वत, बाग्लुङ, म्याग्दी तथा लुम्बिनी प्रदेशका रुपन्देही, नवलपरासी पश्चिम, प्युठान, बर्दियामा बाढीको जोखिम छ । सुदूरपश्चिम प्रदेशका डोटी र बैतडीमा पनि बाढी आउने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बाढीको जोखिम भएका ठाउँका नदी खोला तथा तटीय क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज देशका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।