दाेहाेराे अंकले घट्याे शेयर बजार

दाेहाेराे अंकले घट्याे शेयर बजार



काठमाडौं । शेयर बजार आज दोहोरो अंकले घटेको छ । तीन दिनपछि खुलेको शेयर बजार परिसूचक नेप्से २७ दशमलव ९० अंकले घटेर २ हजार ८ सय २२ दशमलव ४६ विन्दुमा झरेको छ ।

आज म्युचल फन्ड र अन्यबाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक र माइक्रोफाइनान्सको शेयर २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

आज उन्नति सहकार्य लघुवित्त कम्पनीको शेयर साढे ७ प्रतिशतभन्दा धेरैले घटेको छ । बजार दोहोरो अंकले घटेको दिन रिभर फल्स पावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । गएको बिहीवार ८ अर्ब ५३ करोडको कारोबार भएकोमा आज ३ सय २४ वटा कम्पनीका २ करोड ५० लाख कित्ता शेयर १० अर्ब २१ करोड रुपैयाँमा किनबेच भएको छ ।