विराटनगर बालसुधार गृहमा झडप, प्रहरीसहित केही घाइते

विराटनगर बालसुधार गृहमा झडप, प्रहरीसहित केही घाइते



काठमाडौं । विराटनगरस्थित बालसुधार गृहभित्र झडप भएको छ । बाल बिझ्याइँकर्ताहरुलाई अध्ययन–अध्यापनसमेत गराइने सुधार गृहमा बुधबार दिउँसो साढे १२ बजे झडप सुरु भएको हो ।

झडप सुरुभएपछि शिक्षकहरु बाहिर निस्केको र भित्र तनाव कायमै रहेको शिक्षक फुलमाया प्रसाइँले जानकारी दिइन् ।

सुधार गृहमा झडपका क्रममा बालकहरु र प्रहरीसमेत घाइते भएका छन् ।

बालसुधार गृहमा अहिले २४९ जना बालकहरु राखिएका छन् । विभिन्न अपराधमा मुछिएर अदालतबाट दोषी ठहर भएका तथा पुर्पक्षका लागि थुनामा पठाइएका बालकहरुलाई यहाँ राख्ने गरिएको छ ।