काठमाडौं । आज ४० जिल्लामा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज सुदूरपश्चिम प्रदेशका डडेलधुरा, डोटी, बझाङ, बाजुरा, कैलाली, कञ्चनपुर, दार्चुला, बैतडीमा बाढीको मध्यम जोखिम रहेको छ ।
त्यस्तै कर्णाली प्रदेशका रुकुम पश्चिम, सल्यान, जाजरकोट, कालीकोट, डोल्पामा बाढी आउन सक्ने महाशाखाले चेतावनी दिएको छ ।
महाशाखाका अनुसार आज लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, दाङ, बाँके, बर्दिया, रोल्पा तथा गण्डकी प्रदेशका गोरखा, लमजुङ, पर्वत, कास्की, बाग्लुङमा पनि बाढी आउन सक्ने सम्भावना रहेको छ ।
आज बागमती प्रदेशको रामेछाप, दोलखा, सिन्धुपाल्चोकमा पनि बाढी आउन सक्ने सम्भावना रहेको छ ।
त्यस्तै कोशी प्रदेशका इलाम, झापा, पाँचथर, मोरङ, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, सङ्खुवासभा, उदयपुरमा बाढी आउन सक्ने सम्भावना छ ।
बाढीको जोखिम जिल्ला तथा आसपास भएर बहने खोला तथा नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखा आग्रह गरेको छ ।
यसैबीच आज मनसुन पूर्वमा भन्दा पश्चिममा सक्रिय भएको छ ।


प्रतिक्रिया