लगातार ३ दिन घटेको नेप्से आज सामान्य बढ्याे

लगातार ३ दिन घटेको नेप्से आज सामान्य बढ्याे



काठमाडौं । लगातार ३ दिन घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ६२ अंकले बढेर २ हजार ७ सय ८८ दशमलव ३६ विन्दुमा पुगेको छ ।

आज विकास बैंक, लगानी, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार बाहेक सबै समूहको शेयर घटेको छ । अन्य समूहको शेयर १ दशमलव ८० प्रतिशतले उकालो लागेको छ ।

आज नेपाल रिपब्लिक मिडिया कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन एनआईसी एशिया फ्लेक्जी क्याप फन्डको शेयर ८ दशमलव ३१ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ६ अर्ब १६ करोडको कारोबार भएकोमा आज ३ सय २० वटा कम्पनीका १ करोड ९२ लाख कित्ता शेयर ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।