२१ जिल्लामा आज बाढीको मध्यम जोखिम

२१ जिल्लामा आज बाढीको मध्यम जोखिम



काठमाडौं । आज ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, भोजपुरमा बाढीको मध्यम जोखिम छ । यस्तै रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाण्डौ, ललितपुर, भक्तपुरमा बाढीको खतरा रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार म्याग्दी, गुल्मी, रोल्पा, रुकुम पश्चिम, कालीकोट, बाजुरा, डोल्पा, मुगु, हुम्ला, दार्चुलामा बाढी आउन सक्ने भएकोले तटीय क्षेत्रमा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

यसैबीच मनसुनी वायुको प्रभाव कमजोर बन्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ ।