काठमाडौं । चक्रे मिलन भनिने मिलन गुरुङ एक लाख १० हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।
गुरुङविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको थियो । शुक्रबार भक्तपुर जिल्ला अदालतका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
उनीमाथि ०८१ भदौमा मनिष रायमाझीलाई कुटपिट गरी घाइते अवस्थामा छाडेर भागेको अभियोग लागेको थियो । त्यतिबेला नै उनीविरुद्ध मुद्दा परे पनि उनको ठेगाना नखुलेकाले मुद्दा तामेलीमा राखिएको थियो ।
केही दिनअघि जन्मदिन मनाउने क्रममा हुलहुज्जत गरेपछि पक्राउ परेका गुरुङविरुद्ध पूरक अभियोग दर्ता गरिएको थियो । उनको बयान र थुनछेक बहसपछि न्यायाधीश न्यौपानेको इजलासले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।


प्रतिक्रिया