चितवन । सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलानजिक सडकमा पहिरो खसेपछि गाडी चल्न सकेका छैनन ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार अहिले दुईवटा डोजर प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको छ ।
पहिरोमा ढुङ्गासमेत खसेकाले पन्छाउन केही समय लाग्ने भए पनि छिट्टै सडक खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए । सडक अवरुद्ध हुँदा गन्तव्यतर्फ हिँडेका गाडी र यात्रु बीच बाटोमै रोकिएका छन् ।


प्रतिक्रिया