गुण्डा नाइके राजु गोर्खाली पक्राउ

गुण्डा नाइके राजु गोर्खाली पक्राउ



काठमाडौं । गुण्डा नाइके राजु गोर्खाली पक्राउ परेका छन् । उनी राजधानीको चन्द्रगिरी क्षेत्रबाट आइतबार पक्राउ परेका हुन् ।

उनीबारे बैंकिङ ठगीसम्बन्धी मुद्दा रहेकाले पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले जानकारी दिए ।

उनी विगतमा पनि गुण्डागर्दीको आरोपमा पक्राउ पर्दै रिहा हुँदै आएका थिए ।