काठमाडौं । नाइजेरियाको सोकोटो राज्यमा आइतबार डुंगा पल्टिँदा कम्तीमा ४० जना बेपत्ता भएका छन् भने १० जनालाई जीवितै उद्धार गरिएको छ ।
राष्ट्रिय आपत्कालीन व्यवस्थापन एजेन्सी (नेमा)का अनुसार डुंगा ५० जनाभन्दा बढी यात्रु लिएर गोरोन्यो बजारतर्फ गइरहेको बेला दुर्घटनाग्रस्त भएको हो ।
नेमाले स्थानीय अधिकारी, सुरक्षाकर्मी र आपत्कालीन उद्धारकर्तासँग मिलेर खोजी अभियानलाई तीव्र बनाएको छ ।


प्रतिक्रिया