काठमाडौं । म्यानमारको सैन्य सरकारले आउँदो डिसेम्बरमा आमचुनाव गर्ने घोषणा गरेको छ । म्यानमारमा भएको विद्रोहपछि सैन्य सरकारका प्रमुख जनरल मिन आङ ह्लाइङले डिसेम्बर २८ मा आमचुनाव हुने घोषणा गर्नुभएकाे बीबीसीले जनाएको छ ।
सन् २०२१ को ‘कू’ पछि म्यानमारमा पहिलो पटक चुनाव हुन लागेको हो । त्यो वर्ष म्यानमारको सेना (जुन्ता) ले सत्ता कब्जा गर्दै प्रजातान्त्रिक रूपमा निर्वाचित नेत्री आङ सान सुकीलाई जेल हालेको थियो ।
सैन्य प्रशासन प्रमुख ह्लाइङले चुनाव स्वतन्त्र र निष्पक्ष हुने बताएका छन् तर यो दाबीलाई अन्तर्राष्ट्रिय स्तरमा अस्वीकार गरिएको छ । आलोचकहरूले आउँदो चुनावलाई सेनाले आफ्नो शक्ति सुदृढ पार्न प्रयोग गरेको केवल ढोङ्ग मात्र भएको बताउँछन् ।
सन् २०२१ देखि म्यानमारमा गृहयुद्धजस्तो अवस्थामा छ । म्यानमारमा सेना र जातीय सशस्त्र समूहहरूबीच घातक द्वन्द्व चलिरहेको छ । यीमध्ये धेरै समूहहरूले आफ्नो क्षेत्रमा मतदान गर्न नदिने स्पष्ट पारेका छन् ।
म्यानमारको ठूलो भाग विपक्षीहरूको नियन्त्रणमा र युद्धको अवस्थामा रहेको अवस्थामा यो चुनाव सम्पन्न गर्नु देशका सैन्य शासकहरूका लागि एक भयानक बन्दोबस्त अभ्यास भएको खबरमा उल्लेख छ ।
तर साढे ४ वर्षअघि भएको विनाशकारी विद्रोहको नेतृत्व गरेका जुन्ताका नेता मिन आङ ह्लाइङले मतदान अगाडि बढ्नुपर्ने बताउँदै चुनावको आलोचना गर्ने वा अवरोध गर्ने जो कोहीलाई पनि कडा सजाय दिने धम्की दिएका छन् ।


प्रतिक्रिया