४५ दिनमै अन्त्य हुँदै मस्कको ‘अमेरिका पार्टी’

४५ दिनमै अन्त्य हुँदै मस्कको ‘अमेरिका पार्टी’



एजेन्सी । अमेरिकी अर्बपति इलोन मस्कले आफ्नो ‘अमेरिका पार्टी’ खारेज गर्ने तयारी गरेका छन्।

वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार, मस्कले आफ्ना नजिकका सहकर्मीलाई पार्टी अन्त्य गर्ने विषयमा जानकारी गराएका हुन्। करिब ४५ दिनअघि, अर्थात् जुलाई ५ मा उनले पार्टीको औपचारिक घोषणा गरेका थिए।

मस्कले राजनीति भन्दा पनि आफ्ना कम्पनी र व्यवसायिक योजनामा ध्यान दिन चाहेका कारण यस्तो निर्णय लिएको बताइन्छ। त्यस्तै, उनले अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँगको सम्बन्धमा असर नपरोस् भन्ने चाहना पनि राखेका छन्।

स्रोतअनुसार, यदि उपराष्ट्रपति भान्सले सन् २०२८ मा राष्ट्रपति चुनावमा उम्मेदवारी दिने निर्णय गरे भने मस्कले आर्थिक सहयोग गर्ने संकेत दिएका छन्।