हेटौँडा । रौतहटको गौर नगरपालिका–९, मुडवालवा मोडमा सुटकेशभित्र फेला परेको महिलाको शवको पहिचान भएको छ। शनिबार राति करिब ८ बजे भेटिएको शव ३५ वर्षीया रुबिकुमारी साहको भएको पुष्टि भएको हो।
साह रौतहट, माधवनारायण–६ की रहकी थिइन्। भारत, मुजफ्फरपुरमा विवाह गरेर गएकी उनी छोरी पढाउन गौरमा डेरा लिएर बस्दै आएकी थिइन्। दुई दिनदेखि बेपत्ता भएपछि आमाले प्रहरीमा खोजतलासका लागि निवेदन दिएकी थिइन्।
उनको हत्या भएको आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


प्रतिक्रिया